तुल्म राम्जाली, हङकङ । दोबा अन्तर्राष्ट्रिय संघ अमेरीकाका सचिव तथा दोबा वेवसाइटका वेवमास्टर डा. श्री गंगा प्रसाद पुर्जाले अमेरीकाको भर्जिनिया राज्यको जर्ज मेसन विश्वविध्यालयबाट भौतिक शास्त्रको (कम्प्युटेसनल म्याटेरियल) विषयमा विध्यावारथी गर्नु भएकोले यही आउदो मेइ १९, २०१२ (जेष्ठ ६, २०६९) शनिवारका दिन दीक्षान्त समारोह आयोजना हुन गइरहेकोले सो कार्यक्रममा सहभागी हुनको लागि उहाँको पूज्यणीय आमा श्रीमति भबिसा पुर्जा, मामा श्री दुध बहादुर राम्जाली तथा माइजु श्रीमति तमाया राम्जाली यही मेइ १६, २०१२ (जेष्ठ ३, २०६९) का दिन अमेरीका पुग्नु भएको छ ।
तुल्म राम्जाली, हङकङ । दोबा अन्तर्राष्ट्रिय संघ हङकङले १८ अप्रील २०१२ का साँझ कङगन रेष्टुरेण्टमा पुन मगर समाज हङकङले आयोजना गरेको सम्मान तथा विधाई कार्यक्रमको अवसरमा श्री गोबिन चोचाङगीलाई संस्थाको तर्फबाट भलिबल-नेट, भलिबल तथा पम्प १-१ सेट हस्तान्तरण गरेको थियो ।
तुल्म राम्जाली, हङकङ । नयाँ वर्ष २०६९ सालको अवसरमा दीयो हङकङले गत १७ अप्रील २०१२ का साँझ माइतीघर रेष्टुरेण्टमा शुभकामना आदान-प्रदान तथा म्याग्दी कै चर्चित भलिवल खेलाडी दोबा-९ का श्री गोबिन चोचाङगीसँग भेटघाट तथा विधाई कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रम दीयो हङकङका अध्यक्ष श्री तुल्म राम्जालीको अध्यक्षतामा र श्री गोबिन चोचाङगीको प्रमुख आतिथ्यमा भएको थियो । दीयोका सदस्य श्री हरी राम्जालीको स्वागत मन्तव्यबाट शुरूआत गरिएको सो कार्यक्रम संस्थाको सचिव श्री तिपेन गर्बुजाले सञ्चालन गरेका थिए । उक्त कार्यक्रमका अन्य अतिथिहरूमा श्री गंगा प्रसाद पुर्जा, श्रीमति दिलमाया पुर्जा, श्रीमति थममाया गर्बुजा र श्री शिब तिलिजा हुनुहुन्थ्यो । संस्थाका सदस्य श्री टेकप्रसाद पुर्जाले कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए । शुभकामना आदान-प्रदान कार्यक्रमपछि श्री गोबिन चोचाङगीलाई कार्यक्रममा उपस्थित महानुभावहरूले आ-आफ्नो ईच्छा अनुसार नगद तथा उपहार दिएर भेटघाट तथा विधाइ गरेका थिए । औपचारिक कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष श्री राम्जालीले उपस्थित महानुभावहरूलाई नयाँ वर्षको शुभकामना व्यक्त, श्री गोबिन चोचाङगीको चर्चाका साथै कार्यक्रममा उपस्थित भई श्री चोचाङगीलाई सहयोग गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
तुल्म राम्जाली, हङकङ । दोबा अन्तर्राष्ट्रिय संघ (दीयो) हङकङले श्री गोबिन्द चोचाङगीलाई १७ अप्रील २०१२ मंगलवारका साँझ माइतीघर रेष्टुरेण्टमा एक भेटघाट तथा विदाई कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रममा उहाँलाई ११ हजार १ सय ६० हङकङ डलर कार्यक्रममा उपस्थित महानुभावहरूबाट संकलन गरी सहयोग गरिएको थियो ।
तुल्म राम्जाली, हङकङ । म्याग्दी कै चर्चित भलिवल खेलाडी दोबाका श्री गोबिन्द चोचाङगी आजभोलि हङकङमा छन् । उनी पुन मगर समाज हङकङको निमन्त्रणामा गत ५ अप्रील २०१२ का दिन हङकङ आएका थिए । उनी पर्वत मञ्च हङकङले आयोजना गरेको प्रतियोगितामा राम्रो खेल प्रर्दशन गर्न सफल रही सर्वोकृष्ट खेलाडी घोषित भए भने १५ अप्रील २०१२ को दिन पुन मगर समाज हङकङले आयोजना गरेको भलिवल प्रतियोगितामा पुन क्लव हङकङको टिमबाट खेल्दैछन । आशा छ अवस्य पनि राम्रो गर्ने छन् । उनलाई १७ अप्रील २०१२ मंगलवारका साँझ दोबा अन्तर्राष्ट्रय संघ (दीयो) हङकङले माईतीघर रेष्टुरेण्टमा भेटघाट तथा विदाई गर्ने कार्यक्रम गर्ने तय गरेका छ भने पुन मगर समाज हङकङले कङगन रेष्टुरेण्टमा १८ अप्रील २०१२ का साँझ सम्मान, भेटघाट तथा विदाई गर्ने कार्यक्रम तय गरेको छ । उनी १९ अप्रील २०१२ विहीवारका दिन नेपाल फर्कदैछन ।
तुल्म राम्जाली, हङकङ । अप्रील ८,२०१२ आइतवारका दिन पर्वत मञ्च हङकङले आयोजना गरेको दोस्रो पुरूष भलिवल प्रतियोगितामा स्याङजा आँधीखोला स्पोर्ट टिमले प्रथम स्थान प्राप्त गरेको थियो भने पुन क्लव टिमले दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो । उक्त प्रतियोगितामा १२ टिम सहभागी भएका थिए । विजेता टिमले हङकङ डलर १०,००० (दश हजार) नगद पुरस्कार, कप तथा पदक र उप-विजेता टिमले हङकङ डलर ५,००० (पाँच हजार) नगद, कप तथा पदक प्राप्त गरेका थिए । सो प्रतियोगितामा पुन क्लवका जर्सी नम्वर ३ का श्री गोबिन्द चोचाङगीले राम्रो खेल प्रदर्शन गरी सर्वोकृष्ट खेलाडी घोषित भएका थिए । उनलाई पुन मगर समाज हङकङले पुन क्लवको टिमबाट खेल्न नेपालबाट भ्रमण भिसामा हङकङ निमन्त्रा गरेको थियो । उनी म्याग्दी दोबा-९ का स्थायी निवासी हुन् ।
तुल्म रामजाली, हङकङ । शैक्षिक-सत्र २०६८ को एस.एल.सी. परिक्षा वि.सं.२०६८ साल चैत्र ०७ गते (मार्च २० तारिक) मंगलवारदेखि नेपाल देशभरि शुरु हुदैछ । हालको परिवर्तित शिक्षा नीति बमोजिम एस.एल.सी. परिक्षामा प्रवेश प्राप्त गर्न जिल्ला स्तरीय (सेन्ट-अप) परीक्षा उत्तिर्ण गर्नु पर्ने प्रावधान यस शैक्षिक-सत्र अन्तिम पटक भएको हुँदा म्याग्दी जिल्ला दोबा गाविसमा सञ्चालित श्री कैलाश माध्यमिक विध्यालय दोबाका सम्पूर्ण १७ जना परीक्षार्थीहरुले उक्त एस.एल.सी. परीक्षा श्री मुक्तिमार्ग उच्च माध्यमिक विध्यालय घार केन्द्रमा दिन पाउने अवसर पाएका छन् । सो अवसरलाई परीक्षार्थीहरुले सही उपयोग गर्नु पर्ने बेला आएको छ ।
सेप्टेम्वर १५, २०११ को साँझ दोबा अन्तर्राष्ट्रिय संघ (दीयो) हङकङले बि.सं. २०६८ सालको अर्ध-वार्षिक भेटघाट तथा मनोरञ्जन कार्यक्रम जेष्ठ नागरिक तथा दोबा गाविसको भू.पू. अध्यक्ष ७३ वर्षिय श्री गंगप्रसाद पुर्जाको प्रमुख अतिथ्यमा दीयो हङकङका अध्यक्ष तुल्मराज राम्जालीको अध्यक्षतामा सम्पन्न भएको थियो । मोना हङकङका अध्यक्ष श्री दल सेर्बुजा र श्री क्षेत्र बहादुर पुर्जा (यु.केबाट चार्टर्स इन्जिनियर) विशेष अतिथिहरू हुनु हुन्थ्यो भने अतिथिहरुमा दोबा गाविसका जेष्ठ नागरिक तथा छिमिकी गाविसका समाज सेवी-सेवीकाहरु हनुहुन्थ्यो । जस अनुसार अतिथिहरुमा श्रीमती डिलमाया पुर्जा, श्रीमती थममाया गर्बुजा, मोना हङकङका कोषाध्यक्ष श्री कर्ण पुन (चिमखोला), बेगखोला गाविस कल्याणकारी समाज हङकङको भू.पू. सह-सचिब श्री गिरी सेर्वुजा (बेगखोला), श्री नगेन्द्र गर्बुजा तथा श्री भद्र गर्बुजा (दाना),श्री धन गर्बुजा (भुरुङ्ग-तातोपानी), श्री गोपाल जुग्जाली पुन (माइती घर रेष्टुरेन्टका प्रोपराइटर) र कुमार नपीट (फोटो-पत्रकार) हुनुहुन्थ्यो । कार्यक्रममा दीयो हङकङका कोषाध्यक्ष श्री गोपाल गर्वुजाको स्वागत मन्तव्य गर्नुभएको थियो भने सचिव श्री तिपेन्द्र गर्बुजा ज्यूले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। मन्तव्यको क्रममा अतिथि श्री गिरी सेर्बुजा ज्यूले दीयो हङकङ साँच्चिकै दीयो जस्तै चम्किरहोस भनी शुभकामना दिनुभएको थियो भने श्री दल सेर्बुजा ज्यूले आफ्नो जन्म-भूमी तथा गाँउको सामाजिक विकासको लागि संगठित-संस्था दियो हङकङको प्रगतीको कामना गर्नु भएको थियो। प्रमुख अतिथि श्री गंगप्रसाद पुर्जा ज्यूले संस्थामा काम गर्दा सधै नेतृत्व वर्गले तथा सर्व-सहमतिमा गरिए सधै सफल रहने मनतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा दोबा गाविस-५ का श्री क्षेत्रबहादुर पुर्जा (पुन) ले हालै यु.के.बाट चार्टर्स इन्जिनियर (स्ट्रकचरल विधामा) पास गर्नु भएकोमा उहाँलाई खादाले सम्मान गरिएको थियो र औपचारिक कार्यक्रमको अन्त्यमा दीयो हङकङका अध्यक्ष श्री तुल्मराज राम्जाली ले संस्थाको स्थापना, वर्तमान र भावी कार्य-नीति बारे मनतव्य व्यक्त गर्नु भई औपचारिक कार्यक्रम समापन गर्नु भएको थियो। कार्यक्रमको दोस्रो चरण मनोरञ्न कार्यक्रम-तुल्मराज राम्जालीको उदघोषणमा एक स्वागत गीतको कोशेली पस्काएर शुरूआत गरिएको थियो भने कार्यक्रममा उपस्थित अतिथि तथा मान्यजनहरुलाई एउटा माल्यार्पन गीतबाट सबैलाई खादा लगाएर आदार गरिएको थियो। यसपछि सालैजो गितमा बोमाया पुर्जा र कृष्णमाया पुर्जाले एउटा नृत्य प्रस्तुत गर्नु भएको थियो। त्यसैगरी कार्यक्रममा मितेरी सेवा समिति हङकङले सन् २०१० सालमा सम्पन्न प्रतिभाको खोजी प्रतीयोगीतामा (टप पाँचभित्र छानिनु भएका) यसै संस्थाका कोषाध्यक्ष श्री गोपाल गर्बुजाले बिभिन्न पप तथा आधुनिक गीत गाउनु भई उपस्थित दर्शक महानुभावहरूलाई भरपुर आनन्द दिलाउनु भएको थियो । यसका साथै आफ्नो गाँउलाई सम्झना गर्दै एउटा लोक-गीत प्रस्तुत गरिएको थियो भने कार्यक्रमको अन्त्यमा म्याग्दी जिल्लामै प्रचलित थाली नृत्य गीतमा श्रीमति मीना गर्वुजा ज्यूले नृत्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उपस्थित महानुभावहरुले कार्यक्रमलाई आ-आफ्नो गच्छेनुसार आर्थिक सहयोग गर्नु भएको थियो । र उहाँहरूलाई हार्दिक धन्यावाद ज्ञापन गर्दछौ । उक्त कार्यक्रममा खाना तथा जलपानको व्यवस्था मिलाइएको थियो भने कार्यक्रममा विभिन्न लोक गीत तथा दोहोरी गीतहरु पनि गुञ्जाइएको थियो । कार्यक्रम रातको २ बजेतिर समाप्त भएको थियो।
GoDaddy |
Last modified: Sat, 19 May 2012 16:05:51 MST |